नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि मध्यराति १ बजेसम्म मतदान हुने भएको छ । 

केन्द्रीय निर्वाचन आयोगले मंगलबार अपरान्ह निर्वाचन कार्यक्रम प्रकाशित गरी साँझ ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।

मंसिर २७ गते शनिबार शुरू भएको महाधिवेशन नयाँ नेतृत्व चयन गरेर भोलि पुस २ गते समापन गर्ने तयारीमा एमाले छ ।​ 

एमाले महाधिवेशन चलिरहेको स्थानमा भोलि अर्कै कार्यक्रम रहेकाले मतदान आजै सम्पन्न गर्ने तयारी भएको निर्वाचन आयोगका एक पदाधिकारीले जानकारी दिए ।

प्राविधिक त्रुटि सच्याएर उमेदवारको अन्तिम नामावली पुन: प्रकाशन गरिएको एमाले निर्वाचन आयोगले जनाएको छ ।

नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version