काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।

हिजो विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

जसमा ४० मुनिका १६ जना उम्मेदवार सूचीमा परेका छन्।

एमालेको आगामी कार्यकालको लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन्।

यस्तै महासचिवमा ओली समूहबाट शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डे भिड्ने भएका छन्।

भनेको पदमा उम्मेदवारी दिन नपाएपछि निकटका धेरै नेताले ओलीको साथ छाडेका छन्। त्यसरी ओलीको साथ छाडेका केही नेता पोखरेल खेमाबाट उम्मदेवार बनेका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

Share.
Leave A Reply

Exit mobile version