भरतपुर, २७ मङ्सिर ।
साहित्य सङ्गम चितवनको १२औँ अधिवेशन भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

उद्घाटन सत्रमा चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, छन्दकाव्य प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष लकाश पौडेल, सङ्गमका पूर्व अध्यक्षहरू पोषराज पौडेल, डीआर पोखरेल, भवनाथ सडौला र मोदनाथ मरहट्टा, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद रामहरि श्रेष्ठ, भैरव वाङ्मय प्रतिष्ठानका अध्यक्ष पूर्णप्रसाद अधिकारी, साहित्यकार विद्या भण्डारी ‘चिराग’, इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष कृष्णप्रसाद पोखरेल, नवसाहित्य मञ्जरीका अध्यक्ष सूर्यमणि रेग्मी, अखिल नेपाल लेखक सङ्घका अध्यक्ष यदुनाथ भट्टराई तथा भरतपुर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष कमल मल्ललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सङ्गमका कोषाध्यक्ष गङ्गा भट्टराईले आर्थिक प्रतिवेदन तथा सचिव उषा तिवारी विष्णुले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै सङ्गमलाई निरन्तर सहयोग पुर्‍याउने समाजसेवीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यता लिने व्यक्तित्वहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सङ्गमका अध्यक्ष प्रकाश चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष राजेन्द्र घायलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उषा तिवारी विष्णुले गर्नुभएको थियो ।

उद्घाटन सत्रपछि सम्पन्न बन्दसत्रमा पोषराज पौडेल, डा कर्णबहादुर बानियाँ र डीआर पोखरेल निर्वाचन मण्डलमा रहनुभएको थियो । निर्वाचन मण्डलका संयोजक पोषराज पौडेलले कार्यसमितिको प्यानल प्रस्ताव प्रस्तुत गरेपछि साहित्यकार शशिकिरण रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो ।
नवगठित कार्यसमितिका अध्यक्ष शशिकिरण रेग्मीले समितिको तर्फबाट सामूहिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

साहित्य सङ्गम चितवनको शनिबार सम्पन्न १२औं अधिवेशनबाट रेग्मीको नेतृत्वमा सर्वसम्मत भएको समितिको
उपाध्यक्षमा, विद्या भण्डारी चिराग, सचिवमा लीलाधर पौडेल, कोषाध्यक्षमा सूर्यवदना हमाल हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरूमा प्रकाश चापागाईं, डा.धनेश्वर भट्टराई, हरिप्रिया रिजाल, होमनाथ घिमिरे, संजीव पौडेल, कृष्णबहादुर वि.क(सतिसाल) र रामशरण थपलिया रहनुभएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version