रेशम सापकोटा
चितवन — माडी नगरपालिका–९ सेतो पहिरोस्थित कालभैरव मन्दिरमा मङ्सिर २३ देखि २६ गतेसम्म चार दिने विशेष पूजा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम मङ्सिर २३ गते विधिवत् पूजाबाट सुरु भएको थियो। सोही दिन मन्दिरमा गजुर र मौला स्थापना गरी विशेष पूजाआजा सम्पन्न गरिएको थियो। मङ्सिर २४ र २५ गते नियमित पूजा–अनुष्ठान चलेका थिए भने २६ गते भव्य बाजागाजा, भजन–कीर्तन र वैदिक परम्पराअनुसार सम्पन्न विशेष पूजापछि औपचारिक समापन गरिएको थियो।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यका अनुसार, गत वर्ष मन्दिर निर्माण र कालभैरवनाथको मूर्ति अनावरण भएपछि दैनिक पूजा नियमित रूपमा हुँदै आएको छ र भक्तजनहरूको उपस्थितिले मन्दिर परिसर सधैँ नै जीवन्त बनेको छ। कालभैरवनाथ देवताको आराधनाबाट घर–परिवारमा सुरक्षा, कल्याण र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास जनस्तरमा रहिआएको छ।

आज सम्पन्न समापन समारोहमा बागमती प्रदेश सभाका सांसद तथा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति माननीय ठाकुर प्रसाद ढकाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा माडीका विभिन्न वडाका जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थितमध्ये वडा नम्बर ९ का वडाध्यक्ष घनश्याम दुवारी, वडा नम्बर ८ का अध्यक्ष बिरेन्द्र बहादुर भण्डारी, वडा नम्बर ५ का वडाध्यक्ष गणेश घताने, वैदिक सनातन सांस्कृतिक सम्पदा संघ माडी–चितवनका अध्यक्ष मथुरा बहादुर भण्डारी, वडा नम्बर ९ का पूर्व वडाध्यक्ष शिवहरी सुवेदी, वडा नम्बर ८ का पूर्व अध्यक्ष कृष्णराज अधिकारी, युवा पण्डित सुदर्शन सुवेदी, तथा ब्राह्मण क्षेत्री एकता समाज भरतपुर–चितवनका सचिव हरिप्रसाद ढकाल लगायतका सामाजिक व्यक्तिहरूको सक्रिय सहभागिताले कार्यक्रम थप गरिमामय बनेको थियो।

समापन सभाको अध्यक्षता कालभैरव मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेम आचार्यले गर्नु भएको थियो।

चार दिनसम्म चलेको धार्मिक कार्यक्रमका क्रममा विशेष वैदिक पूजा, भजन–कीर्तन, सांस्कृतिक प्रस्तुति र सामूहिक भक्तिभावका क्षणहरूले मन्दिर परिसर उत्सवमय बनेको थियो। माडी, भरतपुर र आसपासका क्षेत्रबाट आएका भक्तजनहरूको बाक्लो उपस्थिति रह्यो। स्थानीयहरूले बाजागाजा, नाच–गान र सांस्कृतिक गतिविधिमा रमाउँदै कार्यक्रमलाई अझ रंगीन बनाएका थिए।

भक्तजनहरूले यस वर्षको पूजा अन्य वर्षभन्दा अझ व्यवस्थित, आकर्षक र भव्य भएको प्रतिक्रिया दिएका छन्।
समितिले आगामी वर्ष पूजालाई अझ व्यवस्थित, विस्तारित र प्रभावकारी रूपमा आयोजना गरिने बताउँदै सबै सहयोगी हातहरू प्रति हार्दिक आभार प्रकट गरेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version