रेशम सापकोटा
देवघाटधाम संरक्षण प्रतिष्ठानको आज सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष श्री ढुण्डिराज सिलवालको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिले आजै पदभार ग्रहण गरेको हुँदा दाता सम्मान कार्यक्रम समेत देवघाटधाम, भरतपुर–१ स्थित प्रतिष्ठानको आफ्नै भवनमा सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भयो।

कार्यक्रममा संस्थापक अध्यक्ष श्री राजेन्द्र पिया, निर्वाचन मण्डलका संयोजक श्री शान्तप्रसाद पोखरेल, सदस्य श्री महाप्रसाद सिलवालसँगै विशेष योगदान पुर्‍याउने व्यक्तित्वका रूपमा श्री अनक खप्तरि मगर र कार्यालय सचिव श्री बिरेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो।

साधारण सभाबाट वसन्त लामिछानेको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति तथा समाजसेवी श्री टंकनाथ पौडेलज्यू संयोजक रहेको सल्लाहकार समिति पनि सर्वसम्मत रूपमा चयन भएको प्रतिष्ठानले जनाएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version