चितवन — चितवन उद्योग वाणिज्य सङ्घ २०१६ सालमा संस्थापक अध्यक्ष स्व. सूर्यनारायण पियाको नेतृत्वमा स्थापना भएको दिनदेखि नै जिल्लाका उद्योगी–व्यापारीको साझा स्वरको प्रतिनिधि संस्था बनेको छ। व्यवसायिक हक–हित संरक्षण, दिगो व्यापारिक वातावरण निर्माण तथा उद्योग, वाणिज्य र पर्यटन प्रवर्द्धनका क्षेत्रमा यस सङ्घको योगदान स्मरणीय रहेको छ।

विगतमा संघका गतिविधि राष्ट्रियस्तरमै चर्चित थिए। ‘चितवन महोत्सव’ जस्ता कार्यक्रम, माछापालन, पोल्ट्री, कृषि–उद्योग, लघु उद्योग प्रवर्द्धनका गोष्ठी–सेमिनार र नवउद्यमीका लागि तालिम तथा बजार विस्तारमा संघले सक्रिय भूमिका खेलेको थियो।

हाल संघ अध्यक्ष सुमन कुमार श्रेष्ठको नेतृत्वमा २२औँ कार्यसमिति क्रियाशील छ भने आगामी पुस २१ गते हुने अधिवेशनबाट २३औँ अध्यक्ष तथा नयाँ कार्यसमिति चयन हुने तयारी भइरहेको छ।

पछिल्ला वर्षमा व्यवसायीहरूले संघको भूमिकाप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार संघ पहिले जस्तो नीति निर्माण, व्यवसाय विस्तार र नवउद्यमशीलता प्रवर्द्धनमा सक्रिय छैन। कतिपय व्यवसायी भन्छन्, “बैठक त बस्छ तर मूल उद्देश्यअनुसारका नियमित गतिविधि कमजोर भएका छन्।

यस्तो परिस्थितिमा, चितवनका सफल युवा व्यवसायी सिरिस पन्तको नाम सकारात्मक रूपमा चर्चामा आएको छ। पन्त सफल व्यवसायी मात्र नभई विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रूपमा आबद्ध छन्। व्यक्तिगत र संस्थागत उत्तरदायित्वअनुसार उनले समाजका विभिन्न क्षेत्रमा सामाजिक कामहरू गर्दै आएका छन्। व्यवसायिक तथा सामाजिक अनुभवका कारण पन्तलाई व्यवसायी समुदायले सक्षम, योजनाबद्ध र पारदर्शी नेतृत्वका रूपमा हेरेको छ।

सिरिस पन्तले आगामी अधिवेशनका लागि उम्मेदवारी समेत घोषणा गरेका छन्। विभिन्न व्यवसायीहरूले उनको नेतृत्व क्षमतालाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै, संघलाई व्यवसायिक हितमा आधारित योजना र युवामुखी दृष्टिकोणसहित अघि बढाउने सक्षम उम्मेदवारको रूपमा समर्थन गरिरहेका छन्। पन्तको लक्ष्य व्यवसायिक हितलाई प्राथमिकतामा राख्दै संघलाई पुनः सक्रिय, परिणाममुखी र प्रभावकारी बनाउनु हो।

व्यवसायी समुदायको अपेक्षा अहिले यही छ — संघलाई योग्य, काममुखी र योजनाबद्ध नेतृत्वको हातमा सुम्पेर चितवन उद्योग वाणिज्य सङ्घ फेरि आफ्नो पुरानो गौरवमा फर्काउन सकियोस्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version