चितवन, भदौ १४-चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१० बिशालचोकमा रमाइलो चोकतर्फबाट जादै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डाक्टर बिप्लब भट्टको मृत्यु भएको हो ।दुर्घटनामा परी गम्भिर घाइते भएका डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Trending
- सिटिजन लाइफ नारायणगढ टिमहरु द्वारा लिडर सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
- चितवनमा गैडाकोटको अक्सफोर्ड कलेजको गाडीले साइकलयात्रीलाई ठक्कर दियो,अवस्था तनावग्रस्त
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा १२ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी
- टिकटकर तुलसा अधिकारी पक्राउ
- यी हुन् बालेन सरकारको बजेटको मुख्य १०० हाइलाइट्स
- स्वर्णिमको महत्त्वाकांक्षी बजेटका यी हुन् ३१ हाइलाइट
- यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
- स्रोतको सकसबीच बजेट ल्याउँदै अर्थमन्त्री : कस्तो रहला बालेन सरकारको प्राथमिकता?
