चितवन , भदौ ७ – यस वर्षको ‘द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०८२’ माडीका शिक्षक एवं गजलकार राजु दिप आचार्यलाई प्रदान गरिएको छ ।

आज शनिबार मोतीरामको भट्टको जयन्तीको अबसर पारेर उहाँले नेपाली गजल र साहित्यका क्षेत्रमा खेलेको भूमिकालाई स्मरण गर्दै गजल मंच चितवनले उहाँ लाई सम्मान गरेको हो ।

चितवनका ख्यातिप्राप्त गजल तथा साहित्यकार एवं लोकप्रिय पत्रकार स्व. द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट आचार्य सम्मानित हुनुभएको हो । कार्यक्रममा विभिन्न बिधाका साहित्यकारहरुको सहभागिता रहेको थियो ।

आचार्यले लामो समयदेखि माडी ६ स्थित जनकल्याण माध्यमिक विद्यालयमा पढाउदै आउनुभएको छ । विभिन्न समयमा थुप्रै गजल तथा लेख रचना समेत लेख्दै आउनुभएको छ ।

कुशल शिक्षकका रुपमा परिचित उहाँले यसअघि सामुदायिक रेडियो माडीमा साहित्यिक कार्यक्रम सञ्चालन गर्नुहुन्थ्यो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version