चितवन , साउन २० – स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रिय माडी जेसीजले आफ्नो उत्कृष्ट कार्य सम्पादनका आधारमा “जेसीआई गोल्ड अवार्ड २०२५” प्राप्त गर्न सफल भएको छ।

जेसीआईले प्रत्येक वर्ष प्रभावकारी तथा दिगो कार्यक्रम सञ्चालन गर्ने स्थानीय शाखाहरूको मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्दै आएको छ। सोही क्रममा, माडी जेसीजले २०२५ मा समुदाय केन्द्रित, दीगो र प्रभावशाली कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।
उक्त पुरस्कार ‘जेसीआई एसिया-प्यासिफिक’ का कार्यकारी उपाध्यक्ष जेसीआई सिनेटर मार्क जोसेफ डेविड र नेपाल जेसीज २०२५ की राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाको संयुक्त उपस्थितिमा माडी जेसीज २०२५ का अध्यक्ष जेसी ईश्वर रानाभाट प्रदान गरिएको थियो।

यो उपलब्धिलाई सम्पूर्ण सदस्यहरूको समर्पण, प्रतिबद्धता र समुहगत नेतृत्वको परिणाम भएको बताएका छन्। उनले यो अवार्डले माडी क्षेत्र र माडी जेसीजलाई स्थानिय संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानमा थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version