रेशम सापकोटा
भरतपुर चितवन ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित ब्रह्मदेव टोल विकास संस्था परिसरमा पपुलर युनिसेक्स सैलुनले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ।

विगत १३ वर्षदेखि सौन्दर्य सेवामा संलग्न पपुलर युनिसेक्स सैलुनले व्यवसायसँगै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। संस्थाका प्रोप्राइटर सुलभ सिग्देल (रामप्रसाद) का अनुसार, “हामी केवल सेवा दिनमा सीमित छैनौं, समाजमा केही सकारात्मक प्रभाव पार्न पनि दृढ छौं।”

कार्यक्रम अन्तर्गत ब्रह्मदेव टोल विकास संस्थाभित्रको ब्रह्मदेव आमा समूहका २० जना वृद्धबुवाहरूको कपाल निःशुल्क काटिएको थियो। साथै, घरघरमै पुगेर वडा नम्बर ६ का १० जना अपाङ्ग व्यक्तिहरू, ३० जना महिलाहरू, र नजिकैको अरुणदेव उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूको पनि
कपाल निःशुल्क काटिएको थियो। सहभागीहरूले सेवा प्राप्त गरेपछि देखाएको सन्तुष्टि र मुस्कानले कार्यक्रममा विशेष ऊर्जा थपेको थियो।

यस कार्यमा साथ दिएका सरसफाइ अभियन्ता धीरेन्द्र कुमार शाह बाहिरी जिल्लाका बासिन्दा हुन्, तर चितवनमा बसेर निरन्तर वृक्षरोपण, सरसफाइ र सामाजिक अभियानहरूमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले भन्नुभयो, “जहाँ सहकार्य र समर्पण हुन्छ, त्यहाँ परिवर्तन सम्भव छ। साना देखिने कामहरूले नै ठूलो सामाजिक प्रभाव पार्न सक्छन्।”

पपुलर युनिसेक्स सैलुनले हालसम्म ५१०० जना नागरिकलाई निःशुल्क कपाल काट्ने सेवा दिइसकेको जानकारी सिग्देलले दिनुभयो। विद्यालय, कलेज, टोल विकास संस्था तथा सामाजिक संघ–संस्थामा पुगेर प्राविधिक सेवा, तालिम, र स्वाभिमानपूर्ण आत्मनिर्भरता फैलाउने उद्देश्यसहित सैलुनले हरेक हप्ता यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

सैलुनले युवायुवतीहरूलाई व्यावसायिक सीप सिकाउने, “कुनै पनि काम सानो हुँदैन” भन्ने मनोविज्ञान विस्तार गर्ने, र विदेशमा हैन — देशमै पसिना बगाएर आत्मनिर्भर बन्नुपर्छ भन्ने सन्देश फैलाउँदै आएको छ।

कार्यक्रममा बोल्दै ब्रह्मदेव टोल विकास संस्था तथा ब्रह्मदेव आमा समूहकी अध्यक्ष कविता रेग्मीले भन्नुभयो, “समाजमा यस्ता सकारात्मक सोच भएका व्यवसायी र संस्था हुनु गर्वको कुरा हो। यस प्रकारको सहकार्यले समाज परिवर्तन सम्भव छ भन्ने सन्देश दिन्छ।”

यसरी पपुलर युनिसेक्स सैलुनले व्यवसाय र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउँदै, उदाहरणीय नमुना प्रस्तुत गर्दै आएको छ — जसले “सिप, सेवा र समर्पण”को त्रिकोणमार्फत समाजमै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने सन्देश फैलाएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version