रेशम सापकोटा
माडी, चितवन।

माडी नगरपालिकाले पहिलोपटक स्थानीय सिर्जनात्मक, बौद्धिक र सांस्कृतिक चेतनालाई संस्थागत गर्ने उद्देश्यसहित माडी प्रज्ञा प्रतिष्ठानको गठन गरेको छ। नगरका विभिन्न क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूको सहभागिता रहेको उक्त १५ सदस्यीय प्रतिष्ठानको अध्यक्षमा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तित्व नारायण प्रसाद सापकोटा चयन हुनु भएको छ।

नगरसभाबाट स्वीकृत यस प्रस्तावलाई माडीको समग्र सांस्कृतिक तथा बौद्धिक उन्नयनतर्फको ऐतिहासिक कदमका रूपमा हेरिएको छ। सूचना अधिकृत प्रविण भण्डारीले यसबारे जानकारी दिँदै भन्नुभयो, “स्थानीय सन्दर्भमा मौलिक रचनालाई अनुसन्धान, संरक्षण र सम्वर्द्धनमार्फत अगाडि बढाउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको हो।”

उपाध्यक्षमा साहित्य र शिक्षामा सक्रिय चन्द्रमणि महतो चयन हुनु भएको छ। यस्तै, प्रतिष्ठानका अन्य सदस्यहरूमा थारु संस्कृति प्रतिनिधित्व गर्दै हिरामति गुरौ र इन्द्रादेवी महतो, रंगकर्मी सुमन तिमिल्सिना, विचारक सत्यप्रकाश पौडेल, कवि तथा शिक्षक बिपिन पाठक, कलाकार नारायण ‘आभाष’ दुवे, लोकधुनका धरोहर प्रेमकुमार बिष्ट, गायिका अञ्जु तामाङ, गजलकार ईन्दिरा दाहाल, धर्मशास्त्र अध्येता पण्डित सुदर्शन सुवेदी, मूर्तिकलामा संलग्न सूर्य के.सी. ‘मध्यरात’, संस्कृतिकर्मी पार्वती बि.क. र पर्यटन तथा दुरा संस्कृतिका ज्ञाता श्याम दुरा रहनुभएको छ।

प्रशासनिक संयोजनका लागि एक जना विषयगत संयोजक जनप्रतिनिधि पदेन सदस्यका रूपमा रहनेछन् भने माडी नगरपालिकाबाट एक जना कर्मचारी सचिवका रूपमा रहने प्रावधान राखिएको छ।

प्रतिष्ठानले स्थानीय भाषा, साहित्य, मौखिक परम्परा, पुरातत्त्व, ललितकला, लोकगीत–संगीत, दर्शन, सामाजिकशास्त्र र विज्ञानका विविध पाटोमा अनुसन्धान, दस्तावेजीकरण, सिर्जनात्मक लेखन र प्रवर्द्धनका कार्यहरू सञ्चालन गर्ने योजना बनाएको छ।

धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक गहना बोकेको माडी नगरको बौद्धिक छविलाई उजागर गर्न प्रतिष्ठानले दीर्घकालीन योगदान पुर्‍याउने नगरपालिकाको अपेक्षा छ। विभिन्न विधाका सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने यो पहल माडीको समग्र बौद्धिक विकासमा कोसेढुंगा सावित हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version