प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ।

शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ। संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन्।

बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै रास्वपाले लगातार संसदमा विरोध जनाउँदै आएको छ।

उसले वेल घेरेर नाराबाजीसँगै संसद नै बहिस्कार समेत गर्दै आएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version