चितवन , असार ७ – चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा एक गर्भवतीसहित सात जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् ।
आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका थिए ।

भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा पाँच जना र पुरानो मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको हो ।

भरतपुरमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, हेटौंडा–५ बस्ने वर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी, हाल नामथर वतन नखुलेको अन्दाजी १९ की महिला, हाल नामथर वतन नखुलेकी अन्दाजी वर्ष २५ की महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष २३ को पुरुष रहेका छन् ।

पुरानो मेडिकल कलेजमा मृत्यु हुनेमा नामथर वतन नखुलेकी अन्दाजी वर्ष ३५ की गर्भवती महिला र हाल नामथर वतन नखुलेको अन्दाजी वर्ष ४० को पुरुष व्यक्ति रहेका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version