चितवन , जेठ ११ – चितवनको माडी देबेन्द्रपुरमा रहेको शनिधाम मन्दिरमा दशौ शनि जयन्ती उत्सव हुने भएको छ । बिगतका बर्षहरु जस्तै यो बर्षपनि आउँदो जेठ १३ गते शनि धाम परिसरमा दशौ शनि जयन्ती उत्सव आयोजना हुन लागेको हो ।

उत्सवमा माडीसम्बन्धी नयाँ धार्मिक भजन सार्वजनिक गरिनुका साथै नगरस्तरीय भजन प्रतियोगिता र सांस्कृतिक प्रस्तुति पनि समावेश गरिएको छ । विशेष आकर्षणको रूपमा राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी तथा अन्य कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उत्सब लाई सफल बनाउन युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा १०८ सदस्यीय मूल आयोजक समिति गठन भएको र कार्यक्रम सम्पन्न गर्न समिती तथा उपसमिति जुटेको छ । धार्मिक जनविश्वास अनुसार शनिको पूजा गरेमा ग्रह शान्ति, परिवारमा सुख–शान्ति र रोग निवारण हुने विश्वास गरिन्छ । उत्सवमा सवै भक्तजनलाई उपस्थित भई पुण्य कमाउन आयोजक समितिले आव्हान गरेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version