चितवन , जेठ ३ – चितवनको भरतपुर ११ स्थित समझदारी भोजाड सहकारी संस्था द्वारा आफ्ना पुरुष शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण शिविर आज शनिबार सम्पन्न गरेको छ ।
५० वर्ष उमेर नाघेका पुरुष शेयर सदस्यहरुलाई लक्षित गर्दै संस्थाको बार्षिक कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य शिविर परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थामा आबद्ध पुरुष शेयर सदस्यको पोस्टेट र पिसाब सम्बन्धी समस्या लाई समाधान गर्नका लागी मनकामना अस्पतालको प्राबिधिक सहयोगमा शिबिरको आयोजना गरिएको सहकारी संस्थाका स्वास्थ्य उपसमिति संयोजक रेखा भट्टराईले बताउनु भयो । सोही कार्यक्रममा स्वास्थ्य शिबिरको आबश्यकता र औचित्यका बारेमा सहकारी संस्थाका अध्यक्ष खेमलाल सुवेदीले जानकारी दिनु भएको थियो ।
मनकामना अस्पतालका प्रो. डा. सागर खतिवडाको टिमले गरेको परिक्षणमा पोस्टेट लगायतको समस्याका लागि ७२ जना सहकारी संस्थाका पुरुष शेयर सदस्यले स्वास्थ्य परिक्षण गरेका सहकारीका ब्यबस्थापक अर्जुन लामिछानेले जानकारी दिनु भयो ।
सहकारीले बिगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक कार्यका अलावा आफ्ना शेयर सदस्यको निशुल्क स्वास्थ्य परिक्षण लगायतको काम गर्दै आएको छ ।
Trending
- सिटिजन लाइफ इन्स्योरेन्स द्वारा माडीमा विमा सचेतना कार्यक्रम सम्पन्न
- स्वर्गीय पिताको स्मृतिमा आमा छोरा द्वारा सुबिधा सम्पन्न विश्राम स्थल निमार्ण
- मदन–आश्रितप्रति दासढुङ्गामै पुगेर श्रद्धाञ्जली अर्पण
- पठन संस्कृतिको प्रवर्द्धन गर्दै अर्किडद्वारा नवआगन्तुक विद्यार्थीलाई ‘मुना’सहित स्वागत
- एसईई २०८२ को परिक्षाफल प्रकाशित ,यसरी हेर्नुस नतिजा
- दिल्लिमा उपचाररत सुनिता कार्कीको उपचार कमि हुन नदिन टोलबासीले गरे आर्थिक सहयोग
- रोल्पा जीप दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो: सिंगो राष्ट्र शोकमग्न छ
- सुनिता कार्की उपचार अभियान तिब्र , देश बिदेश बाट सहयोग रकम संकलन गरिदै
