चितवन, जेठ ३ –देशको परिवर्तनको बाहक मदन भण्डारी र आफ्नो पिता जिवराज लाई षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले आजको दिन हत्या गरिएको जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले बताएका छ्न ।
आज चितवनको दासढुङामा भएको ३२ औं मदन आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । स्मृति सभामा भावुक हुँदै उनले भने परिवर्तनकारीहरु समाप्त गर्न षड्यन्त्रपूर्ण र रहस्यमय ढंगले हत्या गरिएको हो । उनले अहिले पनि पार्टीमा बिभिन्नखालको आक्रमण हुँदै आएकोले सचेत बन्न आग्रह गर्दै उनले प्रतिक्रियाबादीहरु षड्यन्त्र बाट बच्न आग्रह गरे ।

आजको स्मृति सभालाई संवोधन गर्दै एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारी र जीवराज आश्रितसँग आफूले बिताएका पलहरुका बारेमा सुनाए । मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको बताए । जीवराज आश्रितलाई स्मरण गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘जतिसुकै कठिनाई भए पनि आफ्नो दुःख नदेखाउने नेता हुनुहुन्थ्यो उहाँ ।’

एमाले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले नेपालको राजनीतिको सफल सिद्दान्त ‘जनताको बहुदलीय जनवाद’ भएको बताउँदै तीन दशकको अभ्यासबाट यसको प्रमाणित भइसकेको बताए ।

मदन भण्डारीको विचार र सिद्दान्त अनुसारको व्यवहार हुनुपर्ने बताउँदै उनले आजको आवश्यकता सच्चा कम्युनिष्ट भएर देश र जनताका लागि समर्पित हुनु रहेको बताए ।

सभामा उपाध्यक्ष पाण्डे र संगठन विभाग प्रमुख अधिकारीसहित नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्य जेएन थपलिया, नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठक र जीवराज आश्रितका छोरा डा. सागर न्यौपानेले संवोधन गरेका थिए ।नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन भरतपुर चितवनको समन्वयमा भरतपुरको दासढुंगास्थित मदन आश्रित स्मृति पार्कमा सभा आयोजना गरिएको हो । मदन आश्रितको शालिकमा माल्यार्पण गरी मदन आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमयी तरिकाले जिप दुर्घटना हुँदा निधन भएको थियो । सोही दिनको स्मरणमा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । अन्य विभिन्न कम्युनिष्ट पार्टीहरुले पनि मदन भण्डारीको स्मृति सभा मनाउने गर्दछन् ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्दान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version