तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। लु १ ज २३७७ नम्बरको जिप गए राती सिद्धेश्वरको असारेबाट ठूलापोखरा जाँदै गर्दा सर्वोत्तम सिमेन्ट खानी नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो  । 

दुर्घटनामा रैनादेवी छहरा १ सिद्धेश्वका ३६ वर्षीय दिपेन्द्र बुढा,  ३१ वर्षीय चेतनारायण वि.क. र २३ वर्षीय जनक रेग्मीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।  गम्भीर घाइते भएका तिनै जनालाई मिशन अस्पतालमा पुर्‍याउँदा चिकित्ककले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी २ जना घाइते भएका छन्। जसमा जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढा रहेको छन् । घाइते दुबै जनाको मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ । जिप आफैँ अनियन्त्रित भई सडक बाट २ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version