पर्साको वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा भएको ठगी तथा संगठित अपराध प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४१ जनाविरुद्ध मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय पर्साले सिफारिस गरेको छ।

प्रहरीले शुक्रबार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा प्रतिवेदन बुझाएको हो। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार अनुसन्धानपछि ३० जना व्यक्ति र ११ वटा संस्था तथा कम्पनीलाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

प्रहरीका अनुसार दुई छुट्टाछुट्टै मुद्दाको अनुसन्धान सकिएर कारबाहीका लागि प्रतिवेदन पेस गरिएको हो।

प्रहरी प्रतिवेदनअनुसार सानोपाइला सहकारीसँगै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, पोखराको सूर्यदर्शन सहकारी र विभिन्न कम्पनीहरू – गोर्खा मिडिया नेटवर्क, नेचर हब्स, नेचर नेस्ट, जीबी ग्रुप अफ कम्पनी आदिलाई समेत प्रतिवादी बनाइएको छ।

साथै, जीबी भन्ने गितेन्द्रबाबु राई, कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, सागर केसी, दीपक लामा, कविता तामाङ, र अन्य थुप्रै व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।

ठगी र संगठित अपराध मुद्दामा २ अर्ब ३० करोड १४ लाख २९ हजार ८२९ रुपैयाँ बिगो मागदाबी गरिएको छ। यसमध्ये कम्पनी र व्यक्तिहरूबाट १ अर्ब १२ करोड ६५ लाख २६ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख छ।

सांसदीय छानबिन समितिको निर्देशनपछि पर्सा प्रहरीले लामिछाने लगायतविरुद्ध अनुसन्धान अघि बढाएको हो। सानोपाइला सहकारीमा रकम अपचलन भएको भन्दै विभिन्न समयमा ५२, २०७ र १७९ जना पीडितले जाहेरी दर्ता गराएका थिए।

रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी हाल रुपन्देही कारागारमा थुनामा रहेका छन्। उनीहरू चारवटा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए। तर सुप्रिम सहकारी प्रकरणमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको धरौटी आदेश बदर गर्दै थुनामा पठाउन आदेश दिएको थियो।

प्रहरी प्रतिवेदनका आधारमा अब जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा तयार गरेर अदालतमा अभियोग दायर गर्ने प्रक्रिया अघि बढाउने भएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version