नेकपा एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध एमाले भरतपुर महानगर कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित कमिटीको अध्यक्षमा पुनः शँकर थपलिया निर्विरोध निर्वाचित भएका छन्।

शनिवार आज क्यान्सर अस्पताल भरतपुरकाे सभाहलमा सम्पन्न दाेस्राे अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे निर्वाचन कमिटीका सँयाेजक राम प्रसाद न्याैपानेले बताए । उपाध्यक्षमा भने दिलिप न्याैपाने निर्वाचित भएका छन् भने भरतपुर ११ का अशाेक ज्ञावली सचिवमा निर्वाचित भएका छन् ।

यसैगरी दयाराम चाैधरी र गिता श्रेष्ठ सह- सचिवमा निर्वाचित भएका छन् । ८५ जनाकाे कमिटी बनेकाे मा सदस्यहरुमा भने कृष्णप्रसाद खनाल, शान्ता अधिकारी, डम्बर गुरुङ सहित ८० जना सदस्य निर्विरोध निर्वाचित भएकाे नेकपा चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

अधिवेशनले हाेम कुमार शर्मा आचार्यकाे अध्यक्षतामा कृष्णप्रसाद पाैडेल उपाध्यक्ष रहनेगरि ७ सदस्य लेखा समिति समेत निर्वाचित गरेकाे छ।

समिति सचिवमा इश्वरी प्रसाद पण्डित सचिवमा निर्वाचित भएका छन् भने सदस्यहरुमा थिरप्रसाद धिताल,तुलसीराम रेग्मी,राेजिना भट्टराई र भगवती ढकाल निर्वाचित भएकाे प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।

अधिवेशनलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजाे एक भव्य समारोहबीच क्यान्सर अस्पतालकाे सभा हलमा उद्घाटन गर्नुभएको थियाे ।

अध्यक्ष ओलीले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न पहल गर्न निर्देश समेत गर्नुभएको र नेतृत्वमा आउन चाहना राख्ने साथीहरूका बीचमा समेत शाैहारदता देखिएपछि सर्वसम्मत रुपमा भरतपुर महानगर कमिटी निर्वाचन गर्न सहज भएकाे जिल्ला पार्टी अध्यक्ष कमल पाठकले बताए ।

निर्वाचित कमिटीलाई नेकपा एमालेका पाेलिटव्यूराे सदस्य तथा चितवन इन्चार्ज देवी ज्ञावलीले सपथग्रहण गराउनुभएकाे प्रचार प्रमुख प्रकाश आचार्यले जानकारी दिए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version