मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतिय सवारी (EV) गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक विरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुग्दा गाडी करिब २०० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त अवस्थामा फेला परेको थियो।

गाडीमा चालकसहित १६ जना सवार थिए। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने ११ जना मध्यम घाइते र ३ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामू  अर्यालले बताएका छन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version