मकवानपुर,, चैत १८ – बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ।

“नेपालको  भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।”

“ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुवारक भन्न चाहन्छु” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्‍याउँने उहाँले बताउनु भएको छ । “हामीले हाम्रो धार्मिक सहिष्णुता  र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्दछ । समृद्ध समाज निर्माणमा यस पर्वले थप उर्जा दिने विश्वासका साथ पुनः एकपटक सबैमा इदको शुभकामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version