चितवन, चैत्र ९ –राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनको अध्यक्षमा विष्णु प्रसाद सापकोटा निर्विरोध चयन भएका छन् ।
आज भरतपुरमा सम्पन्न महासंघको चौंथो जिल्ला अधिवेशनले सापकोटाको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा विष्णुमाया अधिकारी, ज्ञानहरि वाग्ले, सचिवमा संगिता कुँवर अधिकारी, उपसचिवमा सुजन ढकाल र कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा डा. पदम नेपाली, मिना कुँवर, परमात्मा रेग्मी, भक्त गुरुङ्ग, डा. लक्ष्मण पौडेल, सरिता घिमिरे, तुलसी थापा र ऋषिराम पोख्रेल रहेका छन् ।

अधिवेशनमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगाना, एमाले चितवन स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रकाश भट्ट, उपप्रमुख प्रतिक न्यौपाने, एमाले चितवनका लेखा आयोग अध्यक्ष शंकर अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य शिवलाल ढकाल, एमाले निकट विभिन्न जनबर्गिय संघ संगठनका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

निवर्तमान अध्यक्ष केशवराज सापकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई निवर्तमान सचिव विष्णुप्रसाद सापकोटाले सञ्चालन गरेका थिए ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version