चितवन, चैत ६ – चितवनको नारायणगढ स्थित नारायणी किनारमा भोलि बाट जेसीआई विजनेस एक्स्पो हुने भएको छ । स्वेदशी उद्योगका उत्पादनको प्रचार प्रसार तथा बिक्री वितरण, प्रचार प्रसारका लागि साझा प्लेटफर्म उपलब्ध गराइ बजार प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो हुन लागेको हो ।
जेसीआई विजनेस एक्स्पोको जानकारी दिने उदेश्यले आज नेपाल जेसिजले नारायणगढमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चैत १८ गतेसम्म हुने एस्क्प्रोमा उत्पादक र उपभोक्ता बीचको अनुभवन आदान प्रदान, व्यवसायीक सम्बन्ध विकास एवं नयाँ प्रविधि पहिचानमा सहयोग पुग्ने अपेक्षा आयोजकले जनाएको छ ।

एक्स्पोमा नेपाल भरिका जिल्लाहरुका औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि उत्पादन कृषि औजार तथा यन्त्र, पर्यटकीय गन्तव्य, सूचना प्रविधि तथा वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, महिला उद्यमीहरुका उत्पादन तथा हस्तकलाका सामग्री लगायतका २५० स्टल रहने बताइएको हो ।
१२ दिनसम्म सञ्चालन हुने एक्स्पोमा दैनिक राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने नेपाल जेसीजकी अध्यक्ष रजनी थापाले बताउनु भयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version