काठमाडौं : बिहान २५ करोड बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ का ४३ वर्षीय कुसान लामा रहेको खुलेको छ। लामालाई बिहान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँसहित पक्राउ गरेको थियो।

बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम लुकाइ छिपाइ राखेर केरूङतर्फ जाने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनी चालक भइ भरियाको रुपमा काम गरिरहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Share.
Leave A Reply

Exit mobile version