काठमाडौं । फागु अर्थात होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार राजधानीका १ सय २१ स्थानमा सवारी जाँच गर्ने भएको छ । पर्वलाई सुरक्षित र मर्यादित बनाउन ट्राफिकले काठमाडौं, भक्तपुर र ललितपुरमा यस्तो व्यवस्था गरेको हो ।

ट्राफिक प्रहरीले बिहान देखि नै सवारी जाँच गर्नेका लागि १ सय २१ ट्राफिक प्रहरी परिचालन गरेको छ । उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

उपत्यकाका तीन जिल्लामा १५५ स्थानमा पिकेट ड्युटी लगाएर सुरक्षाकर्मी परिचालन गरिएको छ। अवाञ्छित गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरी पनि तैनाथ गरिएको छ। साथै, सीसीटीभी र ड्रोनबाट समेत निगरानी गरिने प्रहरीको योजना छ।

होली मनाउने क्रममा जबरजस्ती रंग दल्ने, इच्छा विपरीत लोला हान्ने, तथा अभद्र व्यवहार गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीको चेतावनी छ।

होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरीत सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकको भनाई छ ।

मादकपदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version