चितवन , फागुन २९ – चितवन माडी नगरपालिका वडा नं–१ स्थित राष्ट्रिय निकुञ्जभित्र ध्रुव पोस्टबाट नजिकै सडकबाट ५० मिटरभित्र जंगलमा बुधबार मध्याह्न १२ः३० बजे गैँडाको आक्रमणबाट नेपाली सेनाका एक सिपाही घाइते भएका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं–३१ घर भई नयाँ गोरख गण कसरामा कार्यरत नेपाली सेनाका सिपाही २० वर्षीय अभिमन्यू खाँ चौधरी गस्ती जानेक्रममा बच्चासहितको गैँडाको आक्रमणबाट घाइते भएका हुन् ।

गैँडाको आक्रमणबाट बाँया खुट्टा, हात, अनुहार र छातीमा भित्री चोट लागेर घाइते चौधरीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version