चितवन, २३ फागुन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ । विद्यार्थीको आँखा र छाला रोगको परीक्षण गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं. २९ को कविलास माविमा आज आयोजित शिविरमा मौलाकालिका अस्पताल भरतपुरका छाला रोग विशेषज्ञ डा.ज्योति विधान र रिना यादवले विद्यार्थीको छाला रोग सम्बन्धी परीक्षण गर्नुभएको थियो भने भरतपुर आँखा अस्पतालका प्राविधिकहरुले आँखा परीक्षण गर्नुभएको हो ।

सो अवसरमा परीक्षणपश्चात बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । रोयल सासा नेपाल फर्मासिटिकल्स र टाईम्स फर्मासिटिकल्सबाट प्राप्त औषधि निःशुल्क वितरण गरिएको क्लबका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो ।

शिविरको उद्घाटन सत्रमा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका गर्भनर दिननाथ न्यौपाने लायन्सहरु बिना स्वाार्थ सेवामा सधैं खटिने बताउँदै स्वास्थ्य सेवाको पहुँच बाहिर रहेकाहरुलाई सेवा दिनु पवित्र कार्य भएको बताउनुभयो । चितवन राईजले सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको उहाँले प्रशंसा गर्नुभयो ।

क्लबका अध्यक्ष सूर्यमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर गुरुङ भरतपुर २९ का वडा अध्यक्ष सूर्यबहादुर गुरुङ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरका सेकेण्ड भिडिजी प्रभाकर पण्डित, डिष्ट्रिज एक्जुकेटिभ फिच दीपेन्द्र खतिवडा र मेघनाथ बराल डिष्ट्रिक सेक्रेटरियट एड्भाईजर राजेन्द्र गौतम लगायतले बोल्नु भएको थियो ।

चितवन राईजका इञ्जिनियर छवि गौतमले स्वागत गर्नुभएको सो कार्यक्रममा इञ्जिनियर ईश्वरमान श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सीता राम मोक्तान, कार्यक्रम संयोजक विद्यालय नर्स मुना पौडेल, कार्यक्रम सहसंयोजक इञ्जिनियर कमल घिमिरे, चितवन राईजका पूर्व अध्यक्षहरु नारायण अधिकारी, भरत अधिकारी, क्लबका डा. रमेश घिमिरे, शिरिष पन्त, यमबहादुर गुरुङ, देविप्रसाद सिलवाल लगायतको उपस्थिति रहेको थियो ।

चितवन राईजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, भोकाहरुलाई खाना लगायतका कार्य गर्दै आएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version