माडी , फागुन १८ – रक्तक्यान्सरका कारण हालै निधन भएका माडीका युवा सञ्चारकर्मी, शिक्षक एवं हाँस्यकलाकार भूपराज पाठकको स्मृतिमा परोपकारी प्रतिष्ठान स्थापना हुने भएको छ ।

आइतबार पाठकको १२औं पुण्य तिथिका अवसरमा पाठक निवासमा सञ्चालित रक्तदान कार्यक्रममा सन्दर्भमा भूपराज पाठकको परिवारको प्रस्तावमा उपचार सहयोग अभियानको बैठकले सो निर्णय गरेको हो ।

‘भूपराज पाठक स्मृति प्रतिष्ठान’को नाउँमा स्थापित हुने सो परोपकारी संस्थाले माडीमा थालासेमिया (रगतमा रातो रक्तकोष उत्पादन नहुने दुर्लभ अनुवांशिक रोग) लागेका सबै (हाल १२ जना)लाई नियमित रगत चढाउन आवश्यक सहयोग गर्ने उद्देश्य लिएको छ ।

त्यसैगरी बार्षिक रुपमा भूपराज पाठक पत्रकारिता र कलाकारिता पुरस्कार प्रदान गर्ने तथा माडीमा सञ्चालन हुने सबै रक्तदान कार्यक्रममा सहयोग समन्वय गर्ने पनि उद्देश्य राखेको छ । भविष्यमा एम्बुलेन्स सञ्चालन एवं माडीमा ब्लड बैंक स्थापना लगायतका कार्यमा समेत साझेदारी गर्ने उद्देश्य राखिएको छ ।

उपचारका क्रममा बाँकी रहेको सहयोग रकम ८ लाख ५४ हजार रुपैंयामा परिवारका तर्फबाट हालका लागि थप गरी १० लाख रूपैंया पुर्याएर प्रतिष्ठानको स्थापना हुनेछ । सो रकममा परिवारका तर्फबाट बार्षिक रूपमा थप गर्ने तथा विभिन्न दातृसंस्थाहरुले थप गर्ने प्रतिवद्धता जनाएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version