काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर भएको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको पाइएको छ ।


जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो भएको हो ।

रातोपाटीलाई प्राप्त अभियोगपत्रअनुसार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।

कास्कीको सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणको पूरक अनुसन्धानपछि आइतबार मुद्दा दायर भएको हो ।

सरकारी वकिल कार्यालयका अनुसार हिनामिना एवं अपचलन भएको बिगो मध्ये मूल अभियोग पत्रमा खुलाइएको १०३५ जना बचत कर्ताहरूको जम्मा बिगो एक अरब ११ करोड ४० लाख ४५ हजार ३५ रुपैयाँ सत्र पैसा रहेको छ । यस्तै कुल बिगो १ अर्ब ५१ करोड रहेको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version