काठमाडौं । निर्जीवन बीमकहरुमा बाढीपहिरोबाट भएको क्षतिको हालसम्म साढे १० अर्ब रुपैयाँको दाबी परेको छ। असोज दोस्रो साताको अविरल वर्षपछि देशका विभिन्न स्थानमा सिर्जित बाढीपहिरोले ठूलो धनजनको क्षति भएको थियो।

नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक २० गतेसम्म प्राप्त तथ्यांकका आधारमा निर्जीवन बीमा र निर्जीवन लघु बीमा गरी १८ वटा कम्पनीमा ३ हजार ४६० वटा दाबी परेको छ। ती दाबीको कम्पनीहरुले १० अर्ब ५३ करोड २७ लाख ८८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हो। हालसम्म बीमकहरुले ६३७ वटा दाबीको ४७ करोड ११ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ५१० वटा दाबी परेको छ। जसमा कम्पनीले २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ। हालसम्म कम्पनीले ८० वटा दाबीको ७ करोड ७६ लाख ५६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरमा ४५० वटा दाबी परेको छ। ती दाबीको १ अर्ब ३ करोड ९५ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ। कम्पनीले हालसम्म ३४८ वटा दाबीको २५ करोड १९ लाख ८५ हजार रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १७५ वटा दाबीको १ अर्ब ५० करोड ७८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीले १२ वटा दाबीको ७ लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको छ।

नेको इन्स्योरेन्सले २९१ वटा दाबीको १ अर्ब २ करोड ४६ लाख ८८ हजार रुपैयाँ, हिमालयन एभरेष्टले २४२ वटा दाबीको ९४ करोड ९० लाख १५ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ३६० वटा दाबीको ६७ करोड १० लाख १७ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ८५ वटा दाबीको ५६ करोड ४८ लाख ९७ हजार रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २९९ वटा दाबीको ५५ करोड ६१ लाख ७३ हजार रुपैयाँ र एनएलजी इन्स्योरेन्सले १७२ वटा दाबीको ४७ करोड २ लाख ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

हालसम्म नेको इन्स्योरेन्सले २८ वटा दाबीको २ करोड ३४ लाख ९३ हजार रुपैयाँ, हिमालयन एभरेष्टले ३५ वटा दाबीको ३ करोड ५५ लाख ८३ हजार रुपैयाँ, सगरमाथा लुम्बिनीले ४३ वटा दाबीको ४ करोड ३८ लाख २१ हजार रुपैयाँ, नेसनल इन्स्योरेन्सले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ र आईजीआई प्रुडेन्सियलले ३ वटा दाबीको २२ लाख ५३ हजार रुपैयाँ ३६ वटा दाबीको १ करोड २५ लाख ४७ हजार भुक्तानी गरेका छन्।

त्यस्तै नेपाल इन्स्योरेन्सले १७२ वटा दाबीको ३५ करोड ६५ लाख ७७ हजार रुपैयाँ, सानिमा जीआईसीले २१७ वटा दाबीको २८ करोड ३६ लाख ९३ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १७ वटा दाबीको २० करोड ६७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२८ वटा दाबीको २० करोड ५७ लाख रुपैयाँ र युनाइटेड अजोडले ३१७ वटा दाबीको १२ करोड ९२ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेपाल इन्स्योरेन्सले ८ वटा दाबीको ९८ लाख ७७ हजार रुपैयाँ, सानिमा जीआईसीले ११ वटा दाबीको ७८ लाख २५ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७ वटा दाबीको ५१ लाख १२ हजार रुपैयाँ र युनाइटेड अजोडले १६ वटा दाबीको ५४ हजार ३८ हजार रुपैयाँ भुक्तानी गरेका छन्। राष्ट्रिय बीमा कम्पनीले भने हालसम्म एउटा पनि दाबीको भुक्तानी गरेको छैन।

उता निर्जीवन लघु बीमकमध्ये स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ, ट्रस्ट माइक्रोले ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ, नेपाल माइक्रोले ४ वटा दाबीको ४ लाख रुपैयाँ र प्रोटेक्टिभ माइक्रोले ७ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म नेपाल माइक्रोले २ वटा दाबीको २५ हजार ६८९ रुपैयाँ भुक्तानी गरेको छ भने बाँकी तीन लघु बीमकले एउटा पनि दाबीको भुक्तानी गरेका छैनन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version