पोखरा— पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन्। निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ। सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ। प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन। 

अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन्।
 

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version