साफ महिला च्याम्पियनसिपको उपाधि होडमा नेपाल बुधबार साविक विजेता बंगलादेशसँग भिड्दैछ।

पाँचपल्ट फाइनलमा पुगे पनि उपाधि हात पार्न नसकेको नेपाल यसपल्ट उपाधि जित्ने अठोटका साथ मैदानमा उत्रदै छ। गत संस्करणमा घरेलु मैदानमै बंगलादेशसँग पराजित भएको नेपाल यसपल्ट भने दशरथ रंगशालामा बदला लिन तयार छ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले पनि उपाधि जित्ने लक्ष्यका साथ यो अवसर गुम्न नदिने बताएकी छन्।

फाइनलअगाडि आयोजित पत्रकार सम्मेलनमा एञ्जिलाले यसपल्ट अवसर नगुमाउने विश्वास व्यक्त गरिन्। उनले बंगलादेशलाई उत्कृष्ट टोली मान्दै, नेपाली टोलीले चुनौती दिन तयार र सक्षम रहेको उल्लेख गरिन्।

सेमिफाइनलमा प्रशस्तै दर्शकको साथ पाएको स्मरण गर्दै एञ्जिलाले फाइनलमा पनि त्यही उत्साहले बलियो समर्थन पाउने आशा राखेकी छन्।

यो प्रतियोगिता जित्न अहिलेको नेपाली टोलीलाई सुनौलो अवसर रहेको कप्तान एञ्जिलाको भनाइ छ। उनले यो पुस्ताले जित्न नसके नयाँ बलियो टोली निर्माण गर्न ५–१० वर्ष लाग्न सक्ने औंल्याइन्।

गत संस्करणमा बंगलादेशसँग पराजित भए पनि यसपल्ट च्याम्पियन बन्ने लक्ष्य रहेको उनले प्रस्ट पारिन्। खेल साँझ ६ः३० बजे दशरथ रंगशालामा हुनेछ।

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले पनि आफ्नो टोलीलाई उपाधि जित्न तयार रहेको र डिफेन्स लाइनमा सुधार भइसकेको बताए।

उनले भारतविरुद्ध पाएको समर्थनको प्रशंसा गर्दै फाइनलमा पनि त्यो अवसर पाउने विश्वास व्यक्त गरे। साथै, उनले रेखा पौडेलको अनुपस्थितिलाई न्यून बनाउन तयारी गरिएको जनाए।

बंगलादेशकी कप्तान सबिना खातुनले फाइनल दुवै टोलीका लागि चुनौतीपूर्ण हुने बताउँदै यो प्रतिस्पर्धाले समर्थकहरूलाई खुसी दिने आशा व्यक्त गरिन्।

बंगलादेशका प्रशिक्षक पिटर बटलरले पनि फाइनलमा बलियो मानसिकताले खेल्दा राम्रो नतिजा आउने विश्वास व्यक्त गरे।

फाइनलको टिकट बिक्रीको जिम्मा यसपल्ट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले लिएको छ। माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्ससँगको सम्झौता रद्द गर्दै एन्फाले बुधबार बिहान ८ बजेबाट टिकट बिक्री गर्ने जनाएको छ।

यसअघि सेमिफाइनलमा रंगशालामा क्षमताभन्दा बढी दर्शकलाई प्रवेश दिएपछि विवाद उत्पन्न भएको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version