काठमाडाैँ- बुधबार हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा दर्शकले अनलाइनबाट टिकट खरिद गर्न नपाउने भएका छन्।

यसअघि टिकट बेचिरहेकाे माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले क्षमताभन्दा वढी टिकट दिएर रङ्गशालाको सुरक्षामा चुनौती पुगेकाे भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फाइनल खेलको टिकट आफैले बेच्ने भएकाे हाे।

एन्फाले मंगलबार पत्रकार गरेकाे पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले माउन्ट एभरेस्टले गैरजिम्मेवार काम गरेकाले एन्फा आफैले टिकट बेच्न लागेको बताए।

यसअघि दर्शकलाई खल्ती एफमार्फत अनलाइन टिकट खरिद गर्ने सुविधा थियाे। अब भने दर्शकले फाइनल खेलको टिकट जावलाखेल खेल मैदान, एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट लिन सक्ने छन्। टिकट विक्री बुधबार बिहान ८:०० बजेबाट सुरु हुनेछ ।

बुधबार साँझ साढे ६ बजे नेपाल र बंगलादेशबीच फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथरगंशालामा हुँदै छ।

आइतबार नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रङ्गशालाको क्षमताभन्दा वढी दर्शकहुँदा रङ्गशालाको सुरक्षामानै चुनौती थपेको एन्फाले जनाएकाे छ।

एन्फाका अनुसार रङ्गशालाको दर्शक क्षमता करिव १५ हजार भएपनि भारतविरुद्धको खेलमा १९ हजार टिकट काटिएको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version