बडा दशैंको सातौं दिन अर्थात् आज घरघरमा शुभसाइतको प्रतीक मानिने फूलपाती भित्र्याउने परम्परा चलिरहेको छ। हरेक वर्ष आश्विन शुक्ल सप्तमीको दिन दुर्गा पक्षअन्तर्गत शास्त्रीय विधिपूर्वक नवपत्रिका भित्र्याउने परम्परा रहेको छ।

घटस्थापनाको दिनदेखि नै दुर्गा देवीलाई वैदिक विधिपूर्वक आह्वान गरी पूजा गरिने पूजा कोठा वा दशैंघरमा विशेष प्रकारका वनस्पतिहरू भित्र्याइन्छ।

यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षलाई नवपत्रिका भनेर पूजा गरिन्छ। यी सबै वनस्पतिहरू नौवटी देवीको प्रतीकका रूपमा मानिन्छन्।

धर्मशास्त्र अनुसार नवपत्रिकालाई नौ देवीको प्रतिरूपको रूपमा पूजाआजा गरिन्छ। धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार, केरा ब्रह्माणी, दारिम रक्तदन्तिका, धान लक्ष्मी, हलेदो दुर्गा, मानवृक्ष चामुण्डा, उखु कालिका, बेलपत्र शिवा, अशोक शोकरहिता र जयन्ती कात्तिकी देवीको प्रतीक हुन्। यी देवीहरूलाई नवदुर्गाका सहायकका रूपमा पूजा गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए अनुसार फूलपाती भित्र्याउन कुनै शुभ साइतको आवश्यकता पर्दैन।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version