धादिङ , असोज १७ – धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् ।

पहिरोमा गोरखाबाट काठमाडौँ जाँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा सवार ४ जना, चितवनबाट काठमाडौँ जाँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा सवार १७ जना र लु.१ ज ४५७७ नम्बरको विङ्गरमा सवार १४ जना पुरिएका थिए । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

उक्त घटनामा तनहुँका २ जनाको मृत्यु भएको छ । ब्यास नगरपालिका–५ का ३४ बर्षिय लेखनाथ ओझा र भानु नपा–३ का २६ बर्षिय जनक कुँवर रहेका छन् । घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

मृत्यु हुनेको पुरा नाम र ठेगानाः

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)
२.अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)
३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)
४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)
५.बोमबहादुर खाम्चा, अर्घाखाँची सि।न।पा–७ (२५ वर्ष)
६. सुमन बजगाईं, चितवन रत्ननगर १२ , (३३ वर्ष)
७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)
८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)
१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)
११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)
१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)
१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)
१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)
१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)
१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)
१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)
१८.नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)
१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)
२०. सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)
२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)
२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)
२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)
२४. मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)
२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)
२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)
२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)
२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)
२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)
३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)
३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)
३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)
३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)
३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)
३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष)

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version