चितवन, १७ असोज । श्री एयरले भोलि आईतबारबाट भरतपुर– काठमाण्डौं उडान गर्ने भएको छ । एयरलायन्सले ८० सिटे जहाजबाट उडान भर्न लागेको हो । केही दिन चार्टर उडान गरेर नियमित उडान थाल्ने एयरलायन्सले जनाएको छ । चार्ट उडान भएपनि टिकट बिक्रीका लागि अनलाईनमा राखिएको छ ।

एयरलायन्सका कर्पाेरेट निर्देशक अनिल मानन्धरका अनुसार असोज २२ वा २३ गतेबाट नियमित उडान गरिंदै छ । धावन मार्ग छोटो भएकाले जहाजको सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्न सकिने उहाँको अनुमान छ ।

एकतर्फी भाडा रु.४ हजार ५०० राखिएको छ । अहिले भरतपुर–काठमाण्डौं बुद्ध एयरले एटिआर ४२ मार्फत् जहाजबाट दैनिक नौ उडान भर्दै आएको छ । अविरल वर्षाले राजमार्गहरुमा क्षति पु¥याएपछि अहिले हवाई यात्रुको चाप उच्च रहेको छ । चाप निकै बढेपछि श्रीले उडान शुरु गर्न लागेको हो ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version