काठमाडौं । ललितपुर महानगरपालिका वडा नं. १४ स्थित नखिपोटको नख्खु खोलाले चार जनालाई बगाएको छ । खोलामा जस्ताको घरको माथि बसिरहेका दुई बच्चासहित चार जनालाई हेर्दाहेर्दै खोलाले बगाएको हो ।

प्रहरीले उद्धारको लागि डोरी दिएर प्रयास गरेपनि बगाएको छ । प्रहरीले डोरीमा क्यारेट पठाएर त्यसको माध्यमबाट उद्धार गर्न खोजेको थियो । त्यही क्रममा उक्त घर नै ढलेपछि उनीहरु खाेलामा परेका छन् ।

भिडिओ बनाउने स्थानीयले महानगरको उपस्थिति शून्य रहेको उल्लेख गरेका छन् भने आफूहरुले भन्नुपर्ने ठाउँमा सबै भनिसकेको पनि बताएका छन् । हेलिकप्टरले उद्धार गरिएको भए उनीहरुलाई सकुशल निकाल्न सकिने उनीहरुको भनाइ छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version