काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा (१०) ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत ७ गतेबाट सुरु गर्ने भएको छ । बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा सम्बन्धि वार्षिक कार्यतालिकमा चैत ७ गतेबाट परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

कार्यतालिकाअनुसार बोर्डले माघ १ गते परीक्षातालिका सार्वजनिक गर्ने, माघ पहिलो हप्ता परीक्षा केन्द्र निर्धारण, माघ पहिलो हप्ता सिम्बोल नम्बर कायम गर्नेछ ।

त्यस्तै, बोर्डले २०८२ साल असार ६ गतेभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने जनाएको छ । त्यस्तै, असार २२ गतेसम्म पुनर्योगका लागि निवेदन दिने समय तोकेको छ । भने, पुनर्योगको नतिजा साउन १२ गतेसम्म प्रकाशन गरिसक्ने बोर्डको तयारी छ ।

यसैगरी बोर्डले २०८२ साउन १९ र २० गते पूरक अर्थात ग्रेडवृद्धि मौका परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको छ । उक्त परीक्षाको नतिजा २०८२ भदौ २० गतेभित्र प्रकाशन गरिसक्ने बोर्डको तयारी छ ।

बोर्डको एसईई कार्यतालिका
https://drive.google.com/file/d/1K26XKbgqcgDKn2aYlHUZMIN2y7VdnYM3/preview

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version