चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न १४ वटा अलग- अलग जीवन बीमा कम्पनीहरुले साढे १८ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको  तथ्यांक अनुसार ती कम्पनीले सो अवधिसम्ममा ३ लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरेका छन् ।

उक्त अवधिमा सबैभन्दा शिर्ष व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सको छ । कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हिस्सा हो ।

त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले सो अवधिमा २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १२ .२२ प्रतिशत हिस्सा हो।

त्यस्तो तेस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) छ । कम्पनीले उक्त अवधिमा २ अर्ब ७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

थप विवरण तलको तालिकामा :

स्रोत : नेपाल बीमा प्राधिकरण

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version