वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपालको जिल्ला कार्य समितिले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई बजारमा उपभोक्ताहरुले भोगिरहेका समस्यासम्बन्धी ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्र बुझाए लगत्तै, प्रमुख जिल्ला अधिकारी भुसालले बजारमा हुने सबै खाले बदमासि नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। साथै, मञ्चले उठाएका विषयवस्तुहरु तुरुन्त कार्यान्वयन गर्ने निर्णय पनि गरेका छन्।

चाडपर्वको समयमा अधिकमुल्य वृद्धि, म्याद नाघेका खाद्य र गैरखाद्य वस्तु बिक्री, लेबलमा जानकारीको स्पष्टता, गैरकानुनी मिसावट, र बिल-बिजकको प्रयोग लगायतका समस्यामा लक्षित भई बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको छ।

अर्को महत्त्वपूर्ण निर्णयमा चाडपर्वको बेला सवारी साधनको भाडामा हुने मूल्यवृद्धि बारे सघन अनुगमन गर्ने, मासिक रूपमा बजार अनुगमनको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पठाउने, र रोक लगाइएका औषधि र वस्तुहरुको अनुगमन प्रभावकारी बनाउने विषय समेटिएको छ।

सार्वजनिक सूचना जारी गर्दै, जिल्ला प्रशासन कार्यालयले गैरकानुनी क्रियाकलाप रोक्न र सबैलाई अपिल गर्ने निर्णय गरेको छ।

यो बैठक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारि, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेश कुमार सिंह, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख मुन्ना साह रौनियार, र अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version