चितवन , भाद्र १४ – देशैभर तिजको रनौक सगै मिठो मसिनो खाने होड चलिरहेका बेला चितवनको कालिका नगरपालिका १० सिद्दिमा रहेको सिद्दी छात्रावासमा रहेका विद्यार्थी बालबालिकाका लागि दैनिक खाने चामल लगायत खाद्यान्नको समस्या परेको छ । छात्रावासमा भण्डारण गरेको चामल , तेल , तरकारी लगायतको दैनिक उपभोग्य सामाग्री सकिदै गएपछी छात्रवासमा रहेका बालबालिकाहरु भोकमरीको समस्यामा परेका हुन । चितवनको विभिन्न बिकट क्षेत्रमा जन्मिएर गरिबी लगायतको पारिवारिक समस्याले शिक्षा आर्जन गर्न नसकेका ६५ जना बालबालिका केही बर्ष देखि सोही छात्रावासमा बसेर नजिकै रहेको विद्यालयमा पढने गरेका भएपनि खाद्यान्नको अभाबमा भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको हो ।
छात्रावासमा रहेका बालबालिकाहरु भोकै बस्नु पर्ने अबस्था आएपछि छात्राबासका प्रमुख भरत चेपाङले सामाजिक संजालमा सहयोगको अपिल गर्नु भएको छ । उहाँले छात्रावासमा रहेका बालबालिको तस्बिर समेत राखी ” सिद्दी छात्रावासका नानिहरु लाई दर खुवाउन आउनुहोस ! चामलको दाना लिएर । हामी लाई अरु केही चाहिदैन चामलको बोरा भए हुन्छ ” । चेपाङ भन्नू हुन्छ ” हामी लाई मीठो चोखो केही चाहिएको छैन मात्र बालबालिका बचाउन चामल भए पुग्छ । उहाँले चामल नै नभएपछि खोले खुवाउन समेत मुस्किल भएको बताउदै बालबालिका बचाउने आधार खोजी रहेको बताउनु भयो । ६५ जना बालबालिकाका लागि दैनिक एक बोरा चामल र अन्य खाद्यान्न चाहिन्छ तर बिगत केही दिन देखि कतै बाट पनि सहयोग प्राप्त नभएको र भण्डारमा भएको सामान पनि सकिएकाले अबका दिन भोकै बस्नु पर्ने अबस्था सिर्जना भएको उहाँको भनाइ छ । अहिलेकै अबस्थामा चामल मात्र पाए पनि नुन सग खोले बनाएर भए पनि बालबालिका बचाउनु पर्ने अबस्था सिर्जना भएकोले सहयोगका लागि विभिन्न क्षेत्रमा अपिल गरेको दुखेसो ब्यक्त गर्नु भयो । छात्रावासमा खाना पकाउने दाउरा समेत नभएपछी विद्यालयको बिदाको समय मिलाएर जङ्गल बाट दाउरा ल्याएको तर पकाउने चामल , तरकारी नै नभएकाले आफुहरु समस्यामा परेको छात्रावास प्रमुख चेपाङको भनाइ छ ।

” बाबुनानीहरुको पेट भराउनको लागि धौ धौ भएको छ , हामी संग अहिले मासिक बार्षिक सहयोग गर्नु हुने सहयोगी दाता नहुदा धेरै समस्या मा परेको छौ।” उहाँ बताउनु हुन्छ । सो छात्रावासमा कक्षा १ देखि १० कक्षा सम्म पढने ६५ जना बालबालिकाहरु आफैले खाना बनाएर खाने गरेका छ्न । चार्डवाड त हामिले हेर्ने मात्र हो केही दिन सहयोगी दाताहरु नआएमा अन्न अभाबमा भोकको चिन्ताले रातभर निन्द्रा नलाग्ने गरेको उहाको भनाइ छ । छात्रावासमा सरकारी सहयोग समेत नभएको उहाँको गुनासो छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version