भर्जिनियाबाट नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनाका सन्दर्भमा कैयन अफवाहहरु समेत फैलिएका छन् । अहिलेसम्म ममता काफ्ले बेपत्ता घटनामा आएका सार्वजनिक आधिकारिक विवरणहरु यस्ता छन् ।

अदालतमा पेश गरिएको कागजातमा के छ ?

मनासस पार्क प्रहरी अधिकारी सी भेन्टुराबाट अपराधको उजुरीमा लेखिएको छ  – ‘३० जुलाई २०२४ वा आसपासमा आरोपी नरेश भट्टले आफ्नी श्रीमती ममता भट्टको हत्या गरेका थिए। घटना सिटी अफ मनासस पार्क हिथर कोर्टमा रहेको उनकै निवासमा भएको हो । अनुसन्धानको क्रममा उनको मृत्युसँग मिल्दो डिजिटल र फोरेन्सिक प्रमाणहरूको पर्याप्त मात्रा बरामद भएको थियो ।’

अदालतमा पेश गरिएको उजुरीमा त्यसभन्दा तल हातैले लेखिएको छ -‘शव घरभित्रै रहेको र घरबाहिर घिसारेर लगिएको संकेत मिल्ने प्रमाण घरमा भेटिएको छ । ‘

अदालती कागजातमा यो बाहेक कुनै विवरण समावेश भएको सार्वजनिक भएको छैन ।

अभियोजक र अनुसन्धानकर्ताहरुले के भनिरहेका छन् ?

अनुसन्धानकर्ताहरूले भट्टको घर अस्तव्यस्त अवस्थामा फेला पारेको बताएका छन् । मुख्यतया प्राथमिक शयनकक्ष र सोही बाथरूममा रगतको प्रमाण फेला परेको बताएका छन्। रगत ममताको हो कि होइन भन्ने पुष्टि भएको छैन । त्यसका लागि अनुसन्धानकर्ताहरूले अझै पनि परीक्षणको नतिजा पर्खिरहेका छन् ।

नरेश भट्टले पुलिसलाई दिएको टाइमलाइन पूर्ण रूपमा गलत भएको अभियोजकहरूले बताएका छन् । नरेशले आफ्नो कथा परिवर्तन गरेको अभियोजकहरुको भनाई छ । नरेश भट्टले मिडिया र अधिकारीहरूलाई आफूले अन्तिम पटक ममतालाई जुलाई ३१ मा देखेको बताएपनि अदालतको कागजातले ममताको मृत्यु जुलाई ३० मा भएको हुनसक्ने देखाएको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version