चितवन । पोखराबाट काठमाडौं जाने क्रममा मर्स्याङ्दी नदीमा खसेर ज्यान गुमाएका २७ जना भारतीय पर्यटकको शव लिन भारतीय एयरफोर्सको जहाज सिधै चितवन आउने भएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार नेपाल सरकारसँग भारतीय रक्षामन्त्रीको टोलीले छलफल गरेपछि चितवनबाट सिधै शव लैजाने निर्णय गरेको हो । आज दिउँसो ३ देखि साढे ३ बजेको समयमा एयरफोर्स जहाज भरतपुर मिनास्थलमा ल्याण्ड हुने उनले जानकारी दिए । प्रजिअ यादवका अनुसार आज बिहानैदेखि मृतकको शवको पोष्टमार्टम भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १६ जनाको पोष्टमार्टम सकिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् । उनका अनुसार भरतपुर अस्पतालका तीन जना डाक्टरले पोष्टमार्टम गरिरहेका छन् । दिउँसो साढे दुई बजेभित्र सबै शवको पोष्टमार्टम सकेर सिधै मुम्बइ लैजाने तयारी गरिएको हो ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव भरतपुर अस्पतालमा पोष्टमार्टम भइरहेको छ । यहाँबाट शव लिएर माहाराष्ट्रको नसिक जाने जानकारी आएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएका छन् ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version