काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलकाे मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ ।

भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version