सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ। 

साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो। 

यो कारोबार रकम हालसम्मकै सर्वाधिक हो। साउन महिनामा सेयर कारोबारले लगातार कीर्तिमान बनाएको यो तेस्रो पटक हो। यसअघि २०७८ साउन ३१ गतेको २१ अर्ब ६१ करोड रुपैयाँको कारोबारलाई साउन १६ गतेको २१ अर्ब ९१ करोडको कारोबारले उछिनेको थियो। 

त्यसपछि पुनः साउन २२ गते एकै दिन २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको थियो। आज कारोबार रकमले त्यसलाई पनि उछिनेर नयाँ कीर्तिमान बनाएको हो। 

कुल ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता सेयर बिक्रीमा यो कीर्तिमान बनेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ९४.५३ अंकले नेप्से बढेर २८६०.९१ विन्दुमा पुगेको छ। 

योसँगै आज २२५ कम्पनीको सेयर मूल्य बढ्दा १५ वटाको घटेको र २ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। 

९ कम्पनीको सेयरमा सकारात्मक सर्किट 
आज ९ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, अपर तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त र मिडसोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो। 

योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः २०.२०, ८२, २७.१०, २७.८०, १९.८०, २१.३०, ८२, २९० र ८७.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। आज १७ कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ। 

गिरावट आउनेमा कुथेली बुखारी स्मल हाइड्रोको सेयर छ। उक्त सेयर १० प्रतिशतले घटेको हो। अन्यको अधिकतम ७.५४ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ। 

हिमालयन रि र शिवम् सिमेन्टको अर्ब बढीको कारोबार 
आज पनि हिमालयन रि र शिवम् सिमेन्टको उच्च कारोबार भएको छ। हिमालयन रिको १ अर्ब ५२ करोड र शिवम् सिमेन्टको १ अर्ब १६ करोडको कारोबार भएको हो। यी दुवैको सेयर प्रतिकित्ता क्रमशः ९५३ र ७३३ रुपैयाँमा कारोबार भएको छ। 

त्यसैगरी निफ्राको ५८ करोड, नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशीको ५५ करोडको सेयर किनबेच भएको छ। 

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version