नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले आफ्नो कार्यकालमा नाफा कमाउनमा उल्लेख्य सफलता पाएको दाबी गरेका छन् ।

उनले शुक्रबार अपरान्ह आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् ।

साथै उनले प्राधिकरणले बंगलादेशमा हाल असहज अवस्था भएको र त्यहाँको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता अगाडि बढ्ने बताए ।

उनले इक्रा नेपालबाट लगातार डब्बल ए प्ल्स रेटिङ निन्तर पाइरहेकोले पनि प्राधिकरणको वित्तीय अवस्था स्वस्थ रहेको पुष्टि हुने बताए । उनले आईपीओ निष्कासन गर्ने प्रक्रियामा अगाडि बढिसकेको र यसबाट संकलित हुने पूँजी ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने योजना प्राधिकरणले बनाएको पनि बताए ।उनले नेपाल खुद विद्युत् निर्यातकर्ता मुलुक बनेको पनि बताए ।

उनका अनुसार ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्यांकनमा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० मा क्रमश ९४.२३ र ९.९४ प्रतिशत अंक प्राप्त भएको उनले बताए । उनले आव २०८०/८१ को भने मुल्यांकनको क्रममा रहेको पनि बताए ।

उनका अनुसार आठ वर्षअघि अर्थात आर्थिक वर्ष २०७२/७३ मा मुुलुकमा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षको अवधिमा भएको उपलब्धि मध्ये विद्युतीकरणमा प्राप्त उपलब्धि महत्वपूर्ण रहेको उनले बताए । उनले तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको बताए ।

उनका अनुसार आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युतको ग्राहक संख्या अहिले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । साथै उनले आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको पनि बताए ।उनका अनुसार सन् २०३५ सम्ममा २० हजार मेगावाट विद्युत् निर्यात गर्न सक्नेगरी प्रसारण लाइन सञ्जालको विस्तार गरिने सुनिश्चितता गरिएको छ ।

उनले विद्युत् उत्पादनसँगै अन्तरदेशीय विद्युत् प्रशारण लाइनको विस्तार तथा स्तरोन्नतीमा व्यापक सुधार भएको पनि बताए ।उनका अनुसार भारतसँगको विद्युत् व्यापारका लागि करिब २ हजार ५०० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने नयाँ बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तर्देशीय प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ । ।

नेपाल–भारत बीचको विद्युत् आयात निर्यातका लागि ८ वर्षअघि करिब ३५० मेगावाट विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइन क्षमता रहेकोमा हाल करिब २ हजार मेगावाट पुगेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा घिसिङले दोस्रो पटक तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए ।

पढ्नुहोस पूर्णपाठ :

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version