सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ।

पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो।

यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो समयसम्म नेप्से १२९.०७ अंकले बढेको छ। 

नेप्से २६९७.२१ विन्दुमा आएको छ। त्यस्तै, ५२ करोड ४९ लाख रूपैयाँको कारोबार भएको छ।

राष्ट्र बैंकले चालु वर्षको लागि ल्याएको मौद्रिक नीतिले संस्थागत लगानीको सीमा हटाएको छ। यसको असर बजारमा देखिएको हो।

सोही कारण लगानीकर्ता उत्साहित भएका छन्।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

Share.
Leave A Reply

Exit mobile version