सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। सदस्यहरू नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन्।

समितिले ४५ दिनमा प्रतिवेदन बुझाउन पर्नेछ।

यस्तै, सरकारले भाेलि राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।

बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन- एएमई/सिआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो। उक्त जहाजमा पाइलट र को-पाइलट सहित १९ जना सवार थिए।

जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version