काठमाडौं- नेकपा एमालेले सरकारमा जाने आठ मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

साेमबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुअघि एमालेले आफ्नो पार्टीको तर्पबाट सरकारमा जाने मन्त्रीहरूको नाम फाइनल गरेको हो।

एमालेको तर्फबाट अर्थमन्त्रीमा विष्णु पौडेल, रक्षामा मानवीर राई, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ, शिक्षामा विद्या भट्टराई, उद्योगमा दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासनमा राजकुमार गुप्ता, भूमि व्यवस्था तथा सहकारीमा बलराम अधिकारी र भौतिक पूर्वाधार तथा यातायातमा देवेन्द्र दाहाल रहेका छन्।

Share.
Leave A Reply

Exit mobile version