काठमाडौं। २१औं राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ महोत्सव अवसरमा देशैभर धान रोपाइँ चलिरहेको छ। सरकारले यसपालि काठमाडौं उपत्यकाबाहिर चितवनको बछौलीमा धान दिवसका दिन रोपाइँ महोत्सव आयोजना गरेको छ।

असार १५ लाई मानो रोपेर मुरी उब्जाउने दिनको रुपमा लिइने हुँदा सर्वसाधारण नागरिक अर्थात् किसान परिवारले आज हिलो छ्यापाछ्याप गरी खेतका गरा सम्याएर गीत गाउँदै धान रोपिरहेका छन्। असार महिनाभर कृषिप्रधान देशका दुःखी किसान वर्षभरिका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन्।

तर, राजनेताहरुले असार १५ को धान दिवसमा रोपाइँको चर्तिकला देखाउँछन्। यो सिलसिला २१ वर्षदेखि चलिरहेको छ। आज राष्ट्रप्रमुख तथा सरकार प्रमुखले धान रोपाइँ गरेर धान दिवस सम्झिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा परिवारजन, सुरक्षाकर्मीलगायतलाई रोपाहार बनाएर धान रोपाइँ गरेका छन्।

शीतलनिवासले आयोजना गरेको रोपाइँ कार्यक्रम उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मान संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको प्रतिक्रिया दिए।

उनले भने, ‘पहिला देशमा फलफूल, तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो। पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्त्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ। यसले पनि असन्तुलन भयो। अब सन्तुलित खानपिनका लागि फेरि धान उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ।’

यस्तै, चितवनको रत्ननगरमा आयोजित धान दिवस कार्यक्रममा प्रधानमन्त्री पुष्पकल दाहालले मेसिनबाट रोपाइँ गरेका छन्। धान रोपाइँमा सरिक प्रधानमन्त्रीले देशलाई धानमा मात्र होइन, खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताए।

प्रधानमन्त्रीले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट दाबी गरे।

सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषिदशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिँचाइ, बिउ एवं मल सहज रुपमा उपलब्ध गराउने र यान्त्रिकीकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने उनको भनाइ थियो।

धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनै तहका सरकारलाई नेपाल सरकारले लिएका नीति सफल कार्यान्वयनका लागि आग्रह गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

भरतपुर महानगरको मेयरसमेत रहेकी प्रधानमन्त्री पुत्री रेणु दाहालले मेसिन रोपाइँ र हाते धान रोपाइँमा पनि सरिक भइन्। रेणुसँगै बहिनी एवं प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले पनि खेतमै हातले धान रोपिन्।

Share.
Leave A Reply

Our Info

Laxman Gautam
Madan Gautam

Antesh Poudel
Niraj Subedi
Rupesh Dhungana
Bibek Subedi
Anisha Poudel

For Advertisement

acetech2022@gmail.com
info@patrikapress.com
9864330492
9861521499

Quick Links

प्रतिलिपि अधिकार © एसटेक मिडिया & टेक्नोलोजी प्रा लि । सर्वाधिकार सुरक्षित।

दर्ता नम्बर - ३०१२८२/०७९/०८०

Designed by AceTech

Exit mobile version